मलेशियाविरुद्ध फिल्डिङमा उत्रियो नेपाल, दिलीपको डेब्यू

नेपालभ्युज

मलेशियाविरुद्ध फिल्डिङमा उत्रियो नेपाल, दिलीपको डेब्यू

काठमाडौं । त्रिदेशीय सिरिजको दोस्रो खेलमा नेपालले मलेशियाविरुद्ध टस हारेर बलिङ गर्ने भएको छ। टीयू क्रिकेट मैदानमा आजको खेलमा नेपालका लागि विकेटकिपर ब्याटसम्यान दिलीपनाथले टी-ट्वान्टी इन्टरनेशलनमा डेब्यु गरेका छन्।

नेपाल र मलेशियाबीच अहिलेसम्म भएका ६ टी ट्वान्टी म्याचमा नेपालले पाँच खेलमा जित निकालेको छ। यो सिरिजमा नेपाल र मलेशिया दुवैले शुरुआती खेलमा पीएनजीविरुद्ध जित निकालेका छन्।

आज पहिलो खेलमा नेपालको टिममा केही परिवर्तन भएका छन्। हार्ड हिटर लोकेश बमको ठाउँमा दलीपनाथलाई शुरुआती ११ मा राखिएको छ। दिलिपले सन् २०१७ मा यूएईविरुद्ध नेपाली सिनिअर टोलीमा डेब्यू गरेका थिए।

No description available.


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved