एमसीसी पास भएलगतै अमेरिकाले सिफारिस गर्‍यो नेपालको लागि नयाँ राजदूत

डिन थम्पसन हाल दक्षिण एसिया तथा मध्य एसिया मामिला हेर्दै आएका थिए। उनैलाई नेपालका लागि नयाँ राजदूतमा मनोनयन गर्ने घोषणा गरेको राष्ट्रपति कार्यालय ह्वाइट हाउसले जनाएको छ।

नेपालभ्युज

एमसीसी पास भएलगतै अमेरिकाले सिफारिस गर्‍यो नेपालको लागि नयाँ राजदूत

काठमाडौं। नेपालमा एमसीसी पास भएको एक महिनापछि अमेरिकाले नेपालका लागि नयाँ राजदूत पठाउने भएको छ। विदेश मन्त्रालयका वरिष्ठ कूटनीतिज्ञ डिन थम्पसनलाई पठाउने भएको हो। चीनसँग नेपाल मामिलालाई लिएर तनाव सिर्जना भएका बेला अमेरिकाले आफ्ना वरिष्ठ कूटनीतिज्ञ नेपाल पठाउन लागेको हो।

डिन थम्पसन हाल दक्षिण एसिया तथा मध्य एसिया मामिला हेर्दै आएका थिए। उनैलाई नेपालका लागि नयाँ राजदूतमा मनोनयन गर्ने घोषणा गरेको राष्ट्रपति कार्यालय ह्वाइट हाउसले जनाएको छ।

उनी सेप्टेम्बर १५, २०२१ यता अमेरिकी विदेश मन्त्रालयमा प्रिन्सिपल डेपुटी असिस्टेन्ट सेक्रेटरीको पदमा कार्यरत थिए। उनको औपचारिक नियुक्त प्रक्रिया पुरा हुन केही महिना लाग्नेछ।

थप्पसन अमेरिकाको दक्षिण तथा मध्य एसिया नीति निर्माण तथा कार्यान्वयनमा संलग्न अधिकारी हुन्।

थम्पसन २५ बर्षयता अमेरिकी विदेश सेवामा कार्यरत छन्, जो पछिल्लो पटक अमेरिकाको मलेसियास्थित दूतावासमा उपनियोग प्रमुख थिए। थम्पसनले अमेरिकाको पाराग्वे र रोमानियास्थित दूतावासमा पनि काम गरे।

उनीसँग दक्षिण एसिया क्षेत्रका भारत, बङ्गलादेश र श्रीलङ्कास्थित अमेरिकी नियोगहरूमा काम गरेको अनुभव छ।

उनले यसअघि नेपालमा काम नगरे पनि नेपालसँग सीमा जोडिएको भारतको पश्चिम बंगाल राज्यको कलकत्तास्थित अमेरिकी महावाणिज्यदूतका रुपमा काम गरेका थिए। अमेरिकी विदेश मन्त्रालयका अनुसार उनले सन् २०११ देखि २०१५ सम्म कलकत्तास्थित अमेरिकी महावाणिज्यदूतका रुपमा काम गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved