पत्रकार महासंघ ६७ औं स्थापना दिवस मनाउँदै

नेपालभ्युज

पत्रकार महासंघ ६७ औं स्थापना दिवस मनाउँदै

काठमाडौं। नेपाल पत्रकार महासंघले आज विविध कार्यक्रम गरी ६७ औं स्थापना दिवस मनाइरहेको छ। स्थापना दिवसको अवसरमा बिहान प्रभातफेरी निकालिएको छ।

महासंघको केन्द्रीय कार्यालय सञ्चारग्राममा प्रभातफेरी निकालिएको हो। काठमाडैंमा र्याली सिनामंगलबाट शुरु भएको थियो। महासंघ केन्द्रीय समितिले रक्तदान, निःशुल्क स्वास्थ्य परीक्षणलगायत विभिन्न कार्यक्रमहरु राखेको छ।

हरेक जसो जिल्लाहरुले महासंघको स्थापना दिवसमा विविध कार्यक्रम गरिरहेका छन्। २०१२ साल चैत १६ गते कृष्णप्रसाद भट्टराई (नेपाली कांग्रेसका संस्थापक नेता एवं पूर्व प्रधानमन्त्री) सहितका अग्रजहरुले स्थापना गरेको संगठनले विभिन्न उतारचढाव पार गरेको ६६ वर्ष पूरा गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved