बिमस्टेकको पाँचौँ शिखर सम्मेलन कोलम्बोमा शुरु हुँदै

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको प्रयास (बिमस्टेक) को पाँचौँ शिखर सम्मेलन आजदेखि शुरु हुँदैछ। अघिल्लो पटक नेपाल भएको सम्मेलन यसपटक श्रीलंकाको राजधानी कोलम्बोमा शुरु हुँदैैछ ।

नेपालभ्युज

बिमस्टेकको पाँचौँ शिखर सम्मेलन कोलम्बोमा शुरु हुँदै

काठमाडौं। बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको प्रयास (बिमस्टेक) को पाँचौँ शिखर सम्मेलन आजदेखि शुरु हुँदैछ। अघिल्लो पटक नेपाल भएको सम्मेलन यसपटक श्रीलंकाको राजधानी कोलम्बोमा शुरु हुँदैैछ । सम्मेलनमा आयोजक श्रीलंका, बङ्गलादेश, भारत, भुटान, नेपाल, थाइल्यान्ड र म्यानमार सहभागी छन्।

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारबाट बिमस्टेकको सम्मेलनलाई केहीबेरमा भर्चुअल माध्यममार्फत सम्बोधन गर्नेछन्।  बिमस्टेक सम्मेलनमा सहभागी हुन भने परराष्ट्र मन्त्री नारायण खड्का भने श्रीलंकाको राजधानी कोलम्बो पुगिसकेका छन्।

सदस्य राष्ट्रका विदेशमन्त्री तथा अधिकारी सहभागी सम्मेलनको अध्यक्षता श्रीलंकाका राष्ट्रपति गोटवाया राजापाक्षेले गर्नेछन। आयोजक बाहेक अन्य सदस्य राष्ट्रका कार्यकारी प्रमुखहरुले भने सम्मेलनलाई भर्चुअल सम्बोधन गर्नेछन्। यसअघि बिमस्टेको चौथों शिखर सम्मेलन सन् २०१८ मा काठमाडौंमा भएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved