पहिलो वान डेमा पाकिस्तान पराजित

पहिलो नाइट वान डेमा अस्ट्रेलियाले पाकिस्तानलाई ८८ रनले पराजित गरेको छ। जितसँगै पाहुना टिमले तीन खेलको सिरिजमा १–० को अग्रता पनि लिएको छ।

नेपालभ्युज

पहिलो वान डेमा पाकिस्तान पराजित

काठमाडौं। पहिलो नाइट वान डेमा अस्ट्रेलियाले पाकिस्तानलाई ८८ रनले पराजित गरेको छ। जितसँगै पाहुना टिमले तीन खेलको सिरिजमा १–० को अग्रता पनि लिएको छ।

पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले ट्रेभिड हेडको १ सय १ रनको मद्दतमा ५० ओभरमा सात विकेट गुमाएर ३ सय १३ रन बनाएको थियो। त्यसमा ब्रेन म्याकडरमेटले पनि ५५ रनको योगदान दिए।

जवाफमा पाकिस्तानले ४५.२ ओभरमा सबै विकेट गुमाएर २ सय २५ रन मात्र बनाउन सक्यो।

प्रारम्भिक ब्याट्सम्यान इमाम उल हकले १ सय ३ रनको शतकीय प्रदर्शन गरे पनि त्यो पाकिस्तानलाई ठूलो अन्तरको हारबाट जोगाउन पर्याप्त रहेन।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved