पोर्तुगल र पोल्यान्ड विश्वकपमा छनोट

कतारमा हुने विश्वकपमा पोर्तुगल र पोल्यान्ड पनि छनोट भएका छन्।
प्लेअफको फाइनल खेलमा नर्थ म्यासेडोनियालाई २–० गोल अन्तरले पराजित गर्दै पोर्तुगल छनोट भएको हो।

नेपालभ्युज

पोर्तुगल र पोल्यान्ड विश्वकपमा छनोट

एजेन्सी। कतारमा हुने विश्वकपमा पोर्तुगल र पोल्यान्ड पनि छनोट भएका छन्।
प्लेअफको फाइनल खेलमा नर्थ म्यासेडोनियालाई २–० गोल अन्तरले पराजित गर्दै पोर्तुगल छनोट भएको हो।

पोर्तुगललाई जित दिलाउनको लागि दुवै गोल ब्रुनो फर्नान्डेसले गरे। उनले खेलको ३२औँ र ६५औँ मिनेटमा गोल गरेका थिए।

प्लेअफकै अर्को खेलमा पोल्यान्डले स्विडेनलाई २–० हराउँदै विश्वकपमा स्थान पक्का गरेको हो। दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved