पीएनजीसँगको हार पछि एक दिवसीय वरीयतामा नेपाल दुई स्थान तल

आईसीसीको एक दिवसीय वरीयतामा नेपाल दुई स्थान तल झरेको छ। यसअघि नेपाल १६ औँ स्थान रहेकोमा अहिले नयाँ वरीयता अनुसार नेपाल १८ औँ स्थानमा छ।

नेपालभ्युज

पीएनजीसँगको हार पछि एक दिवसीय वरीयतामा नेपाल दुई स्थान तल

काठमाडौं। आईसीसीको एक दिवसीय वरीयतामा नेपाल दुई स्थान तल झरेको छ। यसअघि नेपाल १६ औँ स्थान रहेकोमा अहिले नयाँ वरीयता अनुसार नेपाल १८ औँ स्थानमा छ।

पछिल्लो पटक नेपाल पपुवा न्युगिनी पीएनजीसँगको एकदिवसीय शृङ्खलामा हार बेहोरेको थियो। पीएनजी २० औँ स्थानमा छ । नेपालको टी–ट्वान्टी वरीयता भने यथावत् छ। टी–ट्वान्टीमा नेपाल १३ औँ स्थानमा छ ।

एकदिवसीय वरीयतामा न्युजिल्याण्ड शीर्ष स्थानमा छ भने इंग्ल्यान्ड दोस्रो र अस्ट्रेलिया तेस्रो स्थानमा छ। यस्तै भारत चौथो, दक्षिण अफ्रिका पाँचौँ, बङ्गलादेश छैठाै, पाकिस्तान सातौ, श्रीलङ्का आठौँ, वेस्ट इन्डिज नवौँ र अफगानिस्तान दशौँ स्थानमा रहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved