‘दलको विकल्प राजसंस्था होइन, एमालेसँग चुनावी तालमेल गर्न सकिन्छ’

नेपालभ्युज

‘दलको विकल्प राजसंस्था होइन, एमालेसँग चुनावी तालमेल गर्न सकिन्छ’
फाइल तस्वीर

चितवन। राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजनीतिक दलको विकल्प राजसंस्था नभएको र आगामी स्थानीय तह निर्वाचनमा एमालेसँग पनि सहकार्य हुन सक्ने बताएका छन्।

चितवनमा आज पत्रकारसँग कुराकानी गर्दै उनले राजनीतिक दलको विकल्प राजनीतिक दल नै भएको बताए।

“दलको विकल्पमा राजसंस्थालाई लिन सकिँदैन,” जनताले कहिले कुन पार्टीलाई ठूलो त कहिले कुनलाई ठूलो दल बनाउने गरेको भन्दै उनले राप्रपा नेपाल सक्रिय राजतन्त्रको पक्षमा नरहेको बताए। भने, “हामी सक्रिय राजतन्त्रको पक्षमा छैनौँ।”

विगतमा आफूले राजसंस्थाका लागि गरेका कामप्रति कुनै पश्चाताप नभएको पनि उनको भनाइ थियो। “अझै पनि राजसंस्थाप्रति आफ्नो उच्च सम्मान छ, नेपाल एकीकरण, प्रजातन्त्र स्थापना र देश सुदृढीकरणमा राजसंस्थाको उच्च योगदान छ,” उनले भने।

राष्ट्रियतासँगको सवालमा एमालेसँग निकट भएको भन्दै उनले भने, “सम्भव भएसम्म एमालेसँग सहकार्य गरेर जाने प्रयास हुनेछ।”

स्थानीय तहको चुनावबाट राप्रपा नेपालले खुट्टा टेक्ने अवस्थामा पार्टीलाई बलियो पार्ने उनले दाबी गरे। राजनीतिक दलहरुबीचमा गठबन्धन, सहकार्य संविधानले नै अपेक्षा गरेकाले चुनावी तालमेल हुनु स्वाभाविक रहेको उनको भनाइ थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved