एससीटी र एनआईसी एसियाबीच क्यूआर भुक्तानीका लागि सम्झौता

नेपालभ्युज

एससीटी र एनआईसी एसियाबीच क्यूआर भुक्तानीका लागि सम्झौता

‍काठमाडौं।  नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमति प्राप्त स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र एनआईसी एसियाबीच क्युआरमार्फत भुक्तानी सेवा सञ्चालनका लागि सम्झौता भएको छ।

काठमाडौंमा आज एक कार्यक्रमकाबीच एससीटीका प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजु र एनआईसी एसिया बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष राठीले क्यूआर सेवा सञ्चालनसम्बन्धि उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।

यस सम्झौतापश्चात् विभिन्न व्यापार-व्यवसाय गर्दै आएका व्यवसायीहरूले एनआईसी एसिया बैंकमार्फत स्मार्ट क्यूआरको सुविधा लिन पाउने भएका छन्। एमभी स्ट्याण्डर्डमा जारी गरी फाइनान्सियल स्वीचमार्फत कारोबारको भुक्तानी तथा फर्छ्यौट गर्ने भएकाले स्मार्ट क्यूआर मार्फत भुक्तानी लिन तथा दिन सहज हुने बताइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved