बिमस्टेक सम्मेलनका लागि परराष्ट्रमन्त्री खड्का श्रीलंकामा, बुधबार शिखर सम्मेलन

परराष्ट्रमन्त्री नारायण खड्का बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको प्रयास (बिमस्टेक)को सम्मेलनमा सहभागी हुन श्रीलंकाको राजधानी कोलोम्बो पुगेका छन्।

नेपालभ्युज

बिमस्टेक सम्मेलनका लागि परराष्ट्रमन्त्री खड्का श्रीलंकामा, बुधबार शिखर सम्मेलन
फाइल तस्वीर।

काठमाडौं। परराष्ट्रमन्त्री नारायण खड्का बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको प्रयास (बिमस्टेक)को सम्मेलनमा सहभागी हुन श्रीलंकाको राजधानी कोलोम्बो पुगेका छन्। मन्त्री खड्का मंगलबार हुने बिमस्टेकका परराष्ट्र मन्त्रीस्तरीय बैठकमा सहभागी हुनेछन्।

उक्त बैठकमा श्रीलंकासहित बंगलादेश, भारत, भुटान, नेपाल र थाइल्यान्डका मन्त्रीहरू सहभागी हुनेछन् भने सैनिक शासन लागु भएको म्यानमारका विदेश मन्त्री भर्चुअल रूपमा सहभागी हुनेछन्।

सोमबार कोलोम्बोमा बिमस्टेक उच्च अधिकारीहरूको बैठक भएको थियो। उक्त बैठकमा नेपाली टोलीको नेतृत्व परराष्ट्र मन्त्रालयका सहसचिव घनश्याम भण्डारीले गरेका थिए।

श्रीलंकामा बुधबार बिमस्टेकको पाँचौं शिखर सम्मेलन हुँदै छ। राष्ट्रपति गोटवाया राजापाक्षेले अध्यक्षता गर्ने शिखर सम्मेलनमा सदस्य राष्ट्रका सरकार र राष्ट्रप्रमुख भर्चुअल्ली सहभागी हुनेछन्।

प्रधानमन्त्री शेरबहादुर देउवाले पनि शिखर सम्मेलनमा भर्चुअल्ली सम्बोधन गर्ने कार्यक्रम छ। म्यानमारका तर्फबाट भने शिखर सम्मेलनमा पनि विदेश मन्त्री नै सहभागी हुने बताइएको छ।

यसअघि बिमस्टेको चौथों शिखर सम्मेलन २०१८ मा काठमाडौंमा भौतिक रूपमै सम्पन्न भएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved