काठमाडौं। नयाँ टोली गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आइपीएल) टी–ट्वान्टी क्रिकेटमा शानदार सुरुआत गरेको छ। पाँच विकेटले हराउँदै गुजरातले शानदार सानदार जितको सुरुआत गरेको हो।
सोमबारको खेलमा नयाँ टोली लखनउ सुपर जाइन्टसँग गुजरात टाइटन्सले खेलेको हो। खेलमा वान्खडे स्टेडियममा लखनउले दिएको १ सय ५९ रनको लक्ष्य पूरा गरेको हो। गुजरातले १९ ओभर ४ बलमा ५ विकेट गुमाएर लक्ष्य पूरा गरेको हो।
गुजरातका लागि राहुल टेवाटियाले सर्वाधिक ४० रन बनाए। कप्तान हार्दिक पान्डय ३, डेभिड मिलर र म्याथ्यु वेडले ३०–३० रन बनाउँदा अभिनव मनोहरले अविजित १५ रन जोडे। लखनउका दुश्मन्था चामिराले २ विकेट हातपारे।
पहिलो ब्याटिङ गरेको लखनउले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५८ रन जोडेको थियो।
लखनउका लागि दीपक होडा ५५ रन र आयुस बाडोनी ५४ रनको अर्धशतकीय इनिङ्स खेल्दा कुर्नाल पाण्डले अविजित २१ रन बनाए।
गुजरातका मोहमद शामीले ३ तथा आरोन ब्ररुणले २ विकेट लिए। जितसँगै नयाँ टिम गुजरातले दुई अंक जोडेको छ।
Facebook Comment
Comment