ब्ल्याक प्लस डेक्करको ‘बिग डिलाइट’ योजना सार्वजनिक

नेपालभ्युज

ब्ल्याक प्लस डेक्करको ‘बिग डिलाइट’ योजना सार्वजनिक

काठमाडौं। अमेरिकन ब्रान्ड ब्ल्याक प्लस डेक्करको नयाँ वर्ष लक्षित ‘बिग डिलाइट योजना’ सार्वजनिक भएको छ।

यस योजनाअन्तर्गत ग्राहकहरूले ब्ल्याक प्लस डेक्करको साना होम एप्लायन्सहरूको खरीदमा विभिन्न आकर्षक उपहारहरू प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ। देशैभर १३ चैतदेखि यो योजना लागू भएको कम्पनीले जानकारी दिएको छ।

यस योजनामा ब्ल्याक प्लस डेक्करको एअर ह्युमिडिफायरको खरीदमा एभरेष्ट अरोमाको अरोमा किट (ओएल) नि:शुल्क प्राप्त गर्न सक्ने र माइक्रोवेभ ओभनको खरीदमा कूकिङ किट निस्शुल्क प्राप्त गर्न सक्नेछ।

यसैगरी ब्ल्याक प्लस डेक्करको अरु सबै सामानहरूको खरीदमा गुणस्तरिय किचेन एपरोन नि:शुल्क प्राप्त गर्न सक्नेछ। यसैगरी नयाँ वर्ष लक्षित उपहार पनि रहेको डेक्कर ब्राण्डको नेपालका लागि आधिकारिक बिक्रेता चौधरी ग्रुपले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved