भ्यूटावर उद्घाटन गर्न प्रचण्ड रोल्पा जाँदै

जनयुद्ध स्मृति टावर (भ्यू टावर)को उद्घाटन नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) आज रोल्पा जाँदैछन्। युद्ध पर्यटनलाई टेवा पुर्याउनेगरी रोल्पा नगरपालिकाले निर्माण गरेको जनयुद्ध स्मृति टावरको उनले उद्घाटन गर्नेछन्।

नेपालभ्युज

भ्यूटावर उद्घाटन गर्न प्रचण्ड रोल्पा जाँदै

फागुन। जनयुद्ध स्मृति टावर (भ्यू टावर)को उद्घाटन नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) आज रोल्पा जाँदैछन्। युद्ध पर्यटनलाई टेवा पुर्याउनेगरी रोल्पा नगरपालिकाले निर्माण गरेको जनयुद्ध स्मृति टावरको उनले उद्घाटन गर्नेछन्।

टावरमा माओवादी १० वर्षे सशस्त्र विद्रोहको क्रममा सहादत प्राप्त गरेका एक हजार बढी सहिदको नाम राखिएको छ। कतिपयको शालिक पनि राखिएको छ।

करिब ६ करोडमा निर्माण सम्पन्न टावरको मध्याह्न प्रचण्डले उद्घाटन गर्ने मेयर पूर्ण केसीले जानकारी दिए। यसपछि प्रचण्डले पार्टीले लिबाङको टुँडिखेलमा आयोजना गर्ने आमसभालाई सम्बोधन गर्नेछन्। अहिले सामाजिक सञ्जालमा उक्त टावर निर्माणको आलोचना भइरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved