आइपीएल- बैंंग्लोरमाथि पन्जाबको रोमाञ्चक जित

आइतबार भएको खेलमा पन्जाबले बैंंग्लोरमाथि ५ विकेटले जितेको हो। पराजित बैंंग्लोरले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ।

नेपालभ्युज

आइपीएल- बैंंग्लोरमाथि पन्जाबको रोमाञ्चक जित

काठमाडौं। इन्डियन प्रिमियर लिग (आइपिएल) टी–ट्वान्टी क्रिकेटमा पन्जाब किङ्सले रोमाञ्चक जित निकालेको छ। आइतबार भएको खेलमा पन्जाबले बैंंग्लोरमाथि ५ विकेटले जितेको हो। पराजित बैंंग्लोरले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ।

बैंंग्लोरले दिएको २०६ रनको लक्ष्य पछ्याएको पन्जाबले १९ ओभरमा ५ विकेट गुमाउँदै २०८ रन बनायो। पन्जाबका लागि शिखर धावन र भानुका राजापाकसाले ४३–४३ रन बनाए। त्यस्तै कप्तान मयंक अग्रवालले ३२ रन बनाउँदा ओडेन स्मिथले २५ रन तथा सारुख खानले २४ रन जोडे।

बलिङतर्फ बैंंग्लोरका लागि मोहमद सिराजले दुई विकेट लिए। त्यस्तै आकाश दीप, वानिन्दु हर्शरंङ्गा र हर्शल पटेलले एक–एक विकेट लिए।

यसअघि पहिले ब्याटिङ गरेको बैंंग्लोरले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २०५ रन बनाएको थियो। बैंंग्लोरका लागि कप्तान फाफ डू प्लेसिसले ८८ रनको अर्धशतकीय पारी खेले। त्यस्तै विराट कोहलीले ४१ रन बनाउँदा दिनेश कार्तीक ३२ र अनुज रावतले २१ रन जोडे।

बलिङतर्फ पन्जाबका लागि अर्शदीप सिंह र राहुल चहारले एक–एक विकेट लिए। जितसँगै पन्जाबले लिगमा एक खेलबाट २ अंक जोडेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved