एनआरएनएमा स्वार्थ बाझिँदा एकै कार्यकालमा तीन अध्यक्ष

एनआरएनएका नेताहरुबीच स्वार्थ बाझिँदा एकै कार्यकालमा तीन जना अध्यक्ष बनाइएको छ। आइतबार राति कुपन्डोलको एक होटलमा नयाँ निर्वाचित कार्यसमितिलाई शपथ गराइएको छ।

नेपालभ्युज

एनआरएनएमा स्वार्थ बाझिँदा एकै कार्यकालमा तीन अध्यक्ष

काठमाडौं। लामो विवादपछि गैरआवासीय नेपाली संघ (एनआरएनए)को विश्व सम्मेलन मार्फत नयाँ नेतृत्व चयन भएको छ। एनआरएनका नेताहरुबीच स्वार्थ बाझिँदा एकै कार्यकालमा तीन जना अध्यक्ष बनाइएको छ। आइतबार राति कुपन्डोलको एक होटलमा नयाँ निर्वाचित कार्यसमितिलाई शपथ गराइएको छ।

महाधिवेशनले कुल आचार्य, रविना थापा र डा. बद्री केसीको अध्यक्षतामा सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गरेको हो। एनआरएनए फुटको संघारमा पुगेपछि त्यसबाट जोगाउनका लागि विधान संशोधन गरेर तीन अध्यक्ष रहने व्यवस्था गरिएको हो।

अर्को पटकलाई नजिर नबस्ने एक पटकका लागि तीन वटा अध्यक्षको व्यवस्था गरिएको छ। बाँकी रहेको १८ महीने कार्यकालमध्ये पहिलो अध्यक्षता तीन ओटै अध्यक्षले गर्ने, त्यसपछिको ६ महीना आचार्य, ६ महीना थापा र समापनको अन्तिम ६ महीना केसीले अध्यक्षता गर्ने गरी नेतृत्व चयन गरिएको हो।

त्यसैगरी, उपाध्यक्षमा भूषण घिमिरे, डीबी क्षेत्री, धर्मराज अधिकारी, दुर्गा आचार्य, गोविन्द श्रेष्ठ (रोविन्द), डा. हेमराज शर्मा, जयप्रकाश गुरुङ, महेश श्रेष्ठ, नारायण आचार्य, नरेन्द्र भाट र आरके शर्मा, यस्तै महिला उपाध्यक्षमा डा. विष्णुमाया परियार र याश्मिन वेगम तथा युवा उपाध्यक्षमा राज रेग्मी, रोशन थापा र हिमाल गुरुङ चयन भएका छन्।

महासचिवमा गौरीराज जोशी र केशव पौडेल, उपमहासचिवमा गणेश केसी, डा. देवी बस्नेत, नारायण काफ्ले, ओम गुरुङ, रामशरण सिम्खडा र विनय अधिकारी चयन भएका छन्। सचिवमा चिरञ्जीवी घिमिरे, गंगाधर गौतम, खगेन्द्र न्यौपाने, प्रवीण गुरुङ, शंकर खडका, अभिमानसिंह बस्नेत, प्रमोद सिटौला, गोविन्द गौतम, होम पाण्डे र राजन त्रिपाठी तथा महिला सचिवमा डा. अलिलि पोखरेल र टिका गुरुङ चयन भएका निर्वाचन समितिले जनाएको छ।

त्यसैगरी, एनआरएनएको कोषाध्यक्षमा सुनिल शाह, लोक दाहाल र फणीन्द्रमणि पोखरेल सहकोषाध्यक्षमा दीपक शर्मा, होम गौतम, कृष्ण तिम्सिना, लाल केसी र मिलन छन्त्याल, नारायण सुवेदी, टंक गैरे र यज्ञ सुवेदी रहेका छन्। महिला सहकोषाध्यक्षमा अमृता थापा, यमुना भट्टराई र योगिता थापा, युवा संयोजकमा अब्दुल वासीद र रवीन्द्र खडका तथा महिला संयोजकमा विमला सापकोटा र संगिता मरहठ्ठा , प्रवक्तामा सोम सापकोटा र शिव बडुवाल चयन भएका निर्वाचन समितिले जनाएको छ। नवनिर्वाचित अध्यक्षहरूलाई निवर्तमान अध्यक्ष कुमार पन्तले पद तथा गोपनीयताको शपथ खुवाएका थिए। एनआरएनए सम्मेलनले १४ बुँदे घोषणापत्र पनि जारी गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved