मच्छिन्द्र क्लबलाई हराउँदै छैटौं राजर्षि जनक कप हेटौंडाको पिप्लेले जित्यो

नेपालभ्युज

मच्छिन्द्र क्लबलाई हराउँदै छैटौं राजर्षि जनक कप हेटौंडाको पिप्लेले जित्यो

सर्लाही । सर्लाहीको बागमतीमा जारी छैटौं राजर्षि जनक कप फुटबल प्रतियोगिताको उपाधि हेटौंडाको पिप्ले युवा क्लबले जितेको छ।

आज राष्ट्रिय लिग विजेता मच्छिन्द्र क्लबलाई टाइब्रेकरमा ४-३ ले हराउँदै पिप्ले उपाधि जितेको हो। निर्धारित ९० मिनेटमा दुवैतर्फबाट कुनै गोल नभएपछि खेल ट्राइब्रेकरमा धकेलिएको हो।

प्रतियोगिताको विजेता पिप्लेले १० लाख रुपैयाँ नगद पुरस्कार पायो भने मच्छिन्द्रले ५ लाख ५ हजार रुपैयाँ पायो। २ चैतदेखि सञ्चालित प्रतियोगितामा स्वदेशी तथा विदेशीसहित १२ टिम सहभागी थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved