काठमाडौं। नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बेठकमा अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गरिएको छ।
अर्थतन्त्र गम्भीर अवस्थामा पुगेको भन्दै अर्थमन्त्री शर्माले त्यसलाई पुनरुत्थान गर्न नसक्ने दाबी गर्दै कांग्रेस केन्द्रीय सदस्य प्रकाश स्नेहीले अर्थमन्त्रीको राजीनामा माग गरेका हुन्। स्नेहीले पत्रकारहरूसँग कुरा गर्दै आफूले बैठकमा अर्थमन्त्रीको राजीनामा माग गरेको बताए।
शुक्रबारदेखि शुरु कांग्रेस केन्द्रीय समिति बैठक आज दोस्रो दिन चलिरहेको छ। बैठकमा केन्द्रीय सदस्यहरु पार्टीको एकमहीने अभिने अभियानबारे रिपोर्टिङ गरिरहेको छ। आजको बैठकमा केन्द्रीय सदस्यहरूलाई पाँच मिनेटको समय तोकिएको छ।
कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले जारी केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरूले बोलिरहेका र बैठक भोलि सकिने जानकारी दिएको छ।
Facebook Comment
Comment