थाइल्याण्डको क्लबसँग नेपाल पराजित

नेपालभ्युज

थाइल्याण्डको क्लबसँग नेपाल पराजित

काठमाडौं । थाइल्याण्ड भ्रमणमा रहेको नेपाल त्यहाँको चोनबुरी क्लबसँग पनि पराजित भएको छ।

आज भएको खेलमा नेपाल ३-१ गोलअन्तरले पराजित भएको हो। नेपालका लागि दर्शन गुरुङले एक गोल फर्काए। गोलरक्षक तथा कप्तान किरण चेम्जोङको ठाउँमा आज नेपालले दीप कार्कीलाई मैदानमा उतारेको थियो।

यसअघि नेपालले १० गते थाइल्याण्डको राष्ट्रिय टिमसँग २-० को हार बेहोरेको थियो।

आगामी जुनमा हुने एएफसी एसियन कप चीन २०२३ को तेस्रो चरणका लागि नेपाली राष्ट्रिय फुटबल टिमले तयारी गरिरहेको छ। तयारीका लागि नेपालले थाइल्यान्ड भ्रमण गरेको हो।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved