आईपीएलमा आज दुई खेल, मुम्बईविरुद्ध दिल्लीले टस जित्यो

नेपालभ्युज

आईपीएलमा आज दुई खेल, मुम्बईविरुद्ध दिल्लीले टस जित्यो

काठमाडौं। हिजोदेखि शुरु इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज दुई खेल हुँदैछन्।

मुम्बईको ब्राबोर्न स्टेडियममा मुम्बई इन्डियन्सले यो सिजनको पहिलो खेलमा दिल्ली क्यापिटल्सको सामना गर्दै छ भने मुम्बईकै अर्को मैदानमा पञ्जाब किंग्सले रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) सँग पहिलो खेल खेल्दै छ।

रोहित शर्माको कप्तानीमा रहेको मुम्बई अहिले टस हारेर ब्याटिङमा उत्रिएको छ। ओपनिङमा शर्मासँगै इसन किसन रहेका छन्। त्यस्तै पञ्जाब र आरसीबीबीच भने राति पौने आठ बजे खेल हुनेछ।

हिजो भएको उद्घाटन खेलमा चेन्नई सुपर किंग्सलाई कोलकोता नाइट्राइडर्सले ६ विकेटले हराउँदै उत्कृष्ट शुरुआत गरेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved