ओली-वाङ भेटवार्ता : बीआरआईका परियोजना अघि बढाउन दुवै नेता सहमत

एमाले अध्यक्ष ओलीको बीआरआई अन्तर्गतका परियोजना कार्यान्वयन अघि बढाउन गरेको प्रस्तावमा चिनियाँ परराष्ट्रमन्त्री वाङले सकारात्मक जवाफ दिएका छन्।

नेपालभ्युज

ओली-वाङ भेटवार्ता : बीआरआईका परियोजना अघि बढाउन दुवै नेता सहमत

काठमाडौं। एमाले अध्यक्ष ओली केपी शर्मा ओलीले  चिनियाँ परराष्ट्रमन्त्री वाङसँगकाे भेटवार्तामा ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ (बीआरआई)  कार्यान्वयतर्फ एमाले अध्यक्ष ओलीले जोड दिएका छन्। नेपालका प्रमुख प्रतिपक्ष दलका नेता  ओलीसँग चिनियाँ परराष्ट्रमन्त्री वाङ यीले पनि कार्यान्वयनकाे चरणमा लैजान आफूहरू प्रतिबद्ध रहेको बताए।

भेटवार्तामा सहभागी एमाले विदेश विभाग प्रमुख राजन भट्टराईका अनुसार, एमाले अध्यक्ष ओलीको प्रस्तावमा चिनियाँ परराष्ट्रमन्त्री सकारात्मक देखिएका छन्। “बीआरआईसम्बन्धी आयोजनामा भएको सहमति र गर्नुपर्ने आयोजना छिटो शुरु गर्न अध्यक्ष ओलीले चिनियाँ परराष्ट्रमन्त्री वाङसँग आग्रह गर्नुभयो,” भट्टराईले नेपालभ्यूजसँग भने, “ प्रतिउत्तरमा चिनियाँ परराष्ट्रमन्त्री वाङले बीआरआईका सन्दर्भमा चीनले नेपाललाई गरेको प्रतिबद्धता पूरा गर्न चीन तत्पर रहेको जवाफ दिएका छन्।”

भेटमा एमाले अध्यक्ष ओलीले नेपाल–चीनबीचको सम्बन्ध समस्यारहित रहेको बताए। उनले कोभिड महामारीको समयमा चीनले नेपाललाई प्रदान गरेको स्वास्थ्य समाग्री र भ्याक्सिन सहयोगका लागि धन्यवाद ज्ञापन गरेको पनि विदेश विभाग प्रमुख भट्टराईले जानकारी दिए।

“कोभिडका कारण दुई देशबीच देखिएका केही नयाँ समस्या छन् भन्दै नाका बन्द लगायतका विषयमा पनि अध्यक्ष ओलीले चिनियाँ पक्षको ध्यानाकर्षण गराउनुभयो,” नेता भट्टराईले भने, “नाकामा समस्या आउँदा नेपालको ठूलो समुदाय त्यसको मारमा परेको भन्दै नाका सुचारु गर्न पनि आग्रह गर्नुभएको छ।”

कोभिडका कारण चीनमा अध्ययन गरिरहेका नेपाली विद्यार्थीलाई पुनः चीन अध्ययन गर्न जाने वातावरण मिलाउन पनि ओलीले चिनियाँ परराष्ट्रमन्त्री वाङ समक्ष आग्रह गरे।

हुम्ला पारी कोभिडका कारण नेपाली अड्किएको सूचना प्राप्त भएको बन्दै एमाले अध्यक्ष ओलीले उनीहरुलाई नेपाल फर्किने वातावरण मिलाउन पनि आग्रह गरे। चिनियाँ पक्षले कारोला नाकामा बनाउँदै गरेको भौतिक संरचना नेपालतर्फ निर्माणमा पनि चीनले सहयोग गर्दा राम्रो हुने ओलीले बताए।

नाका, विद्यार्थी, हुम्ला लगायतका विषयमा चीन सकारात्मक रहेको जवाफ चिनियाँ परराष्ट्रमन्त्री वाङले दिएको नेता भट्टराईले जानकारी दिए। औपचारिक भ्रमणमा आएका चिनियाँ परराष्ट्रमन्त्री वाङसँग पार्टीगत विषयमा केही पनि कुरा  नभएको नेता भट्टराईले बताए।

चिनियाँ परराष्ट्रमन्त्री वाङसँगको भेटमा एमाले अध्यक्ष ओली र नेता भट्टराईका अलावा पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल लगायतका नेता उपस्थिति थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved