जगदम्बा स्टील्सले ल्यायो ग्याल्भा प्लस र सुपर शाइन नेपाली बजारमा

नेपालभ्युज

जगदम्बा स्टील्सले ल्यायो ग्याल्भा प्लस र सुपर शाइन नेपाली बजारमा

काठमाडौं। जगदम्बा स्टील्सले हालै नेपाली बजारमा ग्याल्भा प्लस प्लस र सुपर शाइन प्रस्तुत गरेको छ। कम्पनीले केही समय अघि मात्र सिमरा स्थित अत्याधुनिक नयाँ प्लान्टको स्थापना गरी उत्पादन कार्य सुरु गरेको हो।

”प्रतिष्ठित निर्माण समूह शंकर ग्रुप अन्तर्गत जगदम्बा स्टील्स नेपालको सबैभन्दा ठूलो फलामे छड उत्पादक कम्पनी हो, जसको उत्पादन क्षमता वार्षिक ३ हजार मेट्रिक टन, रोलिङ मिल (टीएमटी) क्यापसीटी छ। साथै, स्लिट रोलिङ प्रविधिबाट टीएमटी बार उत्पादन गर्ने नेपालको पहिलो कम्पनी पनि हो,” कम्पनीले विज्ञप्तिमार्फत भनेको छ।

”नेपालको सबैभन्दा ठूलो फलामे छड उत्पादन कम्पनीको रूपमा जगदम्बा स्टील्सले विभिन्न प्रकारका स्टील उत्पादन बजारमा ल्याई उत्पादन विविधिकरणको कोशेढुङ्गा पार गरिसकेको छ। साथै, यस कम्पनीले देशको माग अनुसार उत्पादन क्षमता विस्तार गर्नुको साथै रोजगारी सिर्जनाको सन्दर्भमा देशलाई थप आर्थिक सहयोग प्रदान गर्दै कुल घरेलु उत्पादन तथा कर योगदानमा पनि विशेष सहायता दिँदै आएको छ। उत्पादन तथा प्रविधिमा सफलतापूर्वक नवप्रवर्तन हासिल गर्दै २५ वर्ष पूरा गरिसकेको जगदम्बा स्टील्स ग्याल्भा प्लसपश्चात् पनि थप अत्याधुनिक निर्माण सामाग्री यहाँको बजारमा ल्याउन प्रतिबद्ध छ,” विज्ञप्तिमा उल्लेख छ।

तेस्रो देशमा निर्यात

जगदम्बा स्टिलका उत्पादनहरु, जगदम्बा सुपर शाइना र ग्याल्भा प्लस प्लस रोमानिया, यूएई, दक्षिण अफ्रिका, उत्तर अमेरिका, इटाली र म्यानमारमा उच्च मागका साथ निर्यात भइरहेको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार जगदम्बा ग्याल्भा प्लसको प्राथमिक फाइदा यसको खिया प्रतिरोधात्मक विशेषता हो।

”जगदम्बा ग्याल्भा प्लस एन्टी–कोरोजन प्रविधिसहित निर्माण गरिएको हो जसले पाताको प्रारम्भिक क्षति रोक्दछ र यसलाई टिकाउ बनाउँछ। एल्युमिनियमको प्रयोगले कोटिङको खिया प्रतिरोधात्मक क्षमता दुई गुणाले वृद्धि गर्दछ,’’ विज्ञप्तिमा भनिएको छ,”अन्य कोटिङ प्रविधिहरूको तुलनामा एल्युमिनियम–जिंक कोटिङ भएको जगदम्बा ग्याल्भा प्लस उत्पादनहरूमा खिया प्रतिरोधात्मक क्षमता अझ उच्च हुन्छ, जसले जसतो प्रतिकूल मौसममा पनि दीर्घकालिन सुरक्षा प्रदान गर्दछ। भारी वर्षा, उच्च आर्द्रता, चिसो वा हिउँ पर्ने ठाउँ वा तातो क्षेत्र जुनसुकै प्रकारको मौसम सामना गर्ने क्षमता जगदम्बा ग्याल्भा प्लसमा रहेको हुन्छ। उच्च आर्द्रता भएको क्षेत्रमा ग्याल्भा प्लसले सबैभन्दा मजबुत सुरक्षा प्रदान गर्दछ।”

विज्ञप्तिमा भनिएको छ,”जगदम्बा ग्याल्भा प्लसले पातामा अधिक तौल थप्दैन र उच्च मजबुती र वजन अनुपात कायम राख्दछ। स्टील जत्तिकै यसको कोटिङ पनि कडा र टिकाउ हुन्छ। जगदम्बा सुपर शाइन, प्रिमियम रंगद्वारा कोटिङ गरिएका पाताहरूले उत्कृष्ट रंग प्रविधि (सुपिरियर पेन्ट टेक्नोलोजी) प्रयोग गर्दछ जसले थप सुरक्षा प्रदान गर्दछ। उक्त पेन्ट प्रविधिले पेन्ट फुट्न र चर्किनबाट रोक्दछ। अन्य कम्पनीका साधारण पेन्ट कम समयमै फिका हुँदै जान्छ र १–२ वर्षमा छाना पुरानो देखिन थाल्छ। यस प्रविधिले धेरै वर्षसम्म छानालाई नयाँ राखी घरलाई अतिरिक्त सौन्दर्य प्रदान गर्ने सुनिश्चित गर्दछ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved