दोलखा। शिवम् सिमेन्ट लिमिटेडले चरिकोटमा निर्माणकार्य गरिरहेका ग्राहकहरुसँग “ग्राहक अन्तर्क्रिया” कार्यक्रम आयोजना गरेको छ। उक्त कार्यक्रममा हाल निर्माण कार्य गरिरहेका ४० ग्राहकहरु उपस्थित रहेका थिए।
चरिकोटस्थित होटल एम्ब्रोसियाको हलमा संचालित उक्त कार्यक्रममा मालपोत कार्यालय प्रमुख, नापी विभागका निमित्त प्रमुख, भवन तथा पुनर्निर्माण कार्यालयका इन्जिनियर तथा मालपोत कार्यालयमा कार्यरत अमिनसहितको उपस्थिति रहेको थियो।
उक्त कार्यक्रममा सम्बन्धित निकायका प्रतिनिधिहरुले आफ्नो छोटो मन्तव्य राख्दै भवन निर्माण प्रक्रिया, निर्माण पूर्व ग्राहकहरुले सम्बन्धित निकायबाट लिनु पर्ने सेवा सुविधा तथा निर्माण कार्यमा गुणस्तरीय निर्माण सामाग्रीको महत्व आदि विषयमा प्रष्ट्याएका थिए।
उक्त अन्तक्र्रिया कार्यक्रममा निर्माण कार्य गरिरहेका ग्राहकहरुलाई दक्ष एबम् अनुभवी प्राविधिकद्वारा सिमेन्ट सम्बन्धी जानकारी, निर्माण सामाग्रीको गुणस्तर मापन तथा छनौट प्रक्रिया, निर्माण कार्र्य गर्दा दिनहुँ आईपर्ने निर्माण सम्बन्धी समस्याहरुको समाधानका उपाय र सिमेन्ट भण्डारण सम्बन्धी बिस्तृत जानकारी गराइएको थियो।

शिवम् सिमेन्टले ग्राहकहरुगँ अझ बढि अन्तरसम्बन्ध कायम राख्न अन्तर्क्रिया कार्यक्रम सुरुवात गरेको हो। यसअघि देशका विभिन्न स्थानका निर्माणकमीसँर्ग (मेशन) अन्तक्रिया गरिएको थियो।
निर्माण कार्य गरिरहेका ग्राहकहरुले दक्ष प्राविधिकद्वारा निर्माण सम्बन्धी प्राविधिक सेवा लिन चाहे शिवम् सिमेन्टले उपलब्ध गराउनेछ। शिवम्ले निरन्तर रुपमा बिक्रीको पछिको निःशुल्क प्राविधिक सेवा समेत दिदै आहिरहेको छ। निःशुल्क दक्ष प्राविधिक सेवा लिनको लागि टोल फ्रि.नं. १६६००१२३३२१ (एन.टि.सी.) ९८०१५७५५७५ (एन.सि.एल.) मा सम्पर्क गर्न सकिने छ।
“भरोसा अटुट सम्बन्धको”, “गुणस्तरको पहिचान हो शिवम्”, “गुणस्तरमा कहिल्यै सम्झौता नगरौँ” तथा ‘क्वालिटीको मामलामा नो कम्प्रमाइज’जस्ता मुल नाराका साथ अगाडि बढिरहेको शिवम् सिमेन्ट्स लिमिटेडले आफ्नो गुणस्तरीय उत्पादन तथा बिक्री वितरण र बिक्री पछिको प्राविधिक सेवाको कारणले पहिलो स्थानमा रहन सफल भएको छ।
देशको विभिन्न ठुला–ठुला राष्ट्रिय गौरवका आयोजनाहरुमा आफ्नो महत्वपुर्ण भुमिका निभाउदै आएको शिवम् सिमेन्टको उत्पादन गुणस्तरिय भएको प्रमाणित भई सिमेन्ट जगतमै पहिलो पटक एनएस क्वालिटी अवार्ड २०१९ प्रथमबाट सम्मानित भएको थियो।
Facebook Comment
Comment