परराष्ट्रमन्त्री खड्का र चिनियाँ विदेशमन्त्रीबीच भेटवार्ता

चीन निर्यात हुने सामानमा ९८ प्रतिशत भन्सार छूट, के-के भए सम्झौता ?

नेपालभ्युज

चीन निर्यात हुने सामानमा ९८ प्रतिशत भन्सार छूट, के-के भए सम्झौता ?

काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ परराष्ट्रमन्त्री वाङ यीसँग नेपालले बन्द रहेका नेपाल चीन नाका सुचारु गर्न आग्रह गरेको गरेको छ।

चिनियाँ परराष्ट्रमन्त्री यीसँगको दुईपक्षीय छलफलपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै परराष्ट्रमन्त्री डा. नारायण खड्काले यस्तो बताएका हुन्।

यस्तै नेपालका परराष्ट्रमन्त्री खड्का र उनका चिनियाँ समकक्षी वाङबीच छलफलमा विभिन्न ७ विषयमा ९ सम्झौता भएका छन्। जसमा केरुङ–काठमाडौं रेलमार्ग सम्भाव्यता अध्ययनका लागि प्राविधि सहायता योजनालगायत विषय समावेश छन्।

दुई देशका परराष्ट्रमन्त्रीबीच भएको छलफलमा नेपालबाट निर्यात हुने समानमा ९८ प्रतिशत भन्सार छुट दिन चीन सहमत भएको छ। यस सम्बन्धी सम्झौता पत्रमा पनि दुई देशका परराष्ट्रमन्त्री बीच सम्झौता भएको स्रोतको दाबी छ।

यसका साथै नेपाल चीन विद्युत प्रशारण लाइन सम्भाव्यता अध्ययन, चितवनमा चिनियाँ लगानीमा उत्पादित घाँसलाई चीन निर्यात गर्न आवश्यक पर्ने कानूनी प्रक्रियाका विषयमा पनि सम्झौता भएको छ।

अरनिको राजमार्ग मर्मत सम्भारका विषयमा पनि आजको भेटवार्तामा सहमति भएको छ। नेपालमा काम गर्न चिनियाँ मेडिकल टोली नेपाल पठाउने विषयमा पनि आज सम्झौता भएको छ।

यस्तै प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्ताका क्रममा चिनियाँ परराष्ट्रमन्त्री यीले चीन सरकार र चिनियाँ एक्सिम बैंकले संयुक्त रुपमा निर्माण गरेको पोखराको अन्तर्राष्ट्रिय विमानस्थल नेपाललाई हस्तान्तरण गरेका छन्।

९३ प्रतिशत काम सम्पन्न भएको उक्त विमानस्थल चिनियाँ परराष्ट्मन्त्रीको नेपाल भ्रमणका क्रममा नेपाललाई हस्तान्तरण गरिएको हो। प्रधानमन्त्री देउवाको उपस्थितिमा चिनियाँ परराष्ट्रमन्त्री वाङले नेपालका परराष्ट्रमन्त्री खड्कालाई विमानस्थल हस्तान्तरण गरेका हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved