उत्तर प्रदेशका मख्यमन्त्रीले आफ्नो दोस्रो कार्यकालको शपथ लिएका छन्। साथै उनले ५२ सदस्यीय मन्त्रिमण्डल पनि बनाएका छन्। उनको सरकारमा केशव मौर्य र बृजेश पाठकले उपमुख्यमन्त्रीको शपथ लिएका छन्।
५२ सदस्यीय मन्त्रिपरिषद्मा १६ जनाले मन्त्रालयको कार्यभारको जिम्मा पाए भने १४ जनालाई बिनाविभागीय बनाइएको छ। त्यस्तै २० जना राज्यमन्त्री रहेका छन्। सरकारमा पूर्वउपमुख्यमन्त्री दिनेश शर्मा, श्रीकान्त शर्मा, सतीश महान, मोहसिन रजालगायतका २० मन्त्रीले स्थान पाएन्।
प्रधानमन्त्री नरेन्द्र मोदी शपथ स्थलमा पुगेका थिए। उनी त्यहाँ पुगेको दुई मिनेटमै शपथ कार्यक्रम शुरु भएको थियो। मन्त्री पद शपथ लिएपछि धेरै विधायकले ‘भारत माताको जय’को नारा लगाएका थिए। मन्त्रिपरिषद्मा सबैभन्दा बढी १८ जना पिछडिएका वर्गका छन्। १० जना ठाकुर समुदाय र ८ जना ब्राह्मण छन् भने ७ जना दलित छन्। त्यस्तै ३ जाट (किसानको एक समुदाय) छन्।
त्यसैगरी ३ अनुहार बनियाँ समुदायका छन् भने दुई जना पञ्जाबी र एक जना मुस्लिम अनुहार पनि मन्त्री भएका छन्।
Facebook Comment
Comment