काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले) अध्यक्ष केपी ओली पूर्वराजना ज्ञानन्द्र शाहलाई सुटुक्क बेलाबेलामा भेट्न जाने गरेका बताएका छन्।
चुनावी गठबन्धन गर्न ओली सुटुक्क पूर्वराजालाई भेट्ने गरेका बताए। शुक्रबार पार्टीनिकट महिला संघको भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफ्नो पार्टी ठूलो हुँदै गएको र सिंगै गाउँ समुदाय आफ्नो पार्टीमा आउन थालेका दाबी गरे।
उनले भने, “हाम्रा पार्टीको विस्तार देखेर वैरीहरू आत्तिएका छन्, बर्बराउन थालेका छन्। यसबाट हामीले आत्तिनुपर्ने केही छैन। भ्रमहरू फैलाइएका छन्। तपाईंहरूले पनि हेक्का राख्नुभएको होला।”
उनले थपे, “केपी शर्मा ओली हाम्रो गठबन्धन टुटाउन खोज्दैछन्, उनी अर्को गठबन्धन बनाउन खोज्दैछन्, त्यसका लागि सुटुक्क ज्ञानेन्द्र निवासमा पुग्ने गरेका छन्, राप्रपासँग साँठगाँठ गर्न खोजिरहेका छन्, दक्षिणपन्थी शक्तिसँग मिल्न खोजिरहेका छन्”, पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले बताए।
प्रेम आले र कृष्णकुमार श्रेष्ठ एमालेमा जाने लागेका पनि झूटो र भ्रम मात्र भएको बताए। यो कुप्रचार भएको र हुँदै नभएको हल्ला मच्चाइएको उनले बताए।
Facebook Comment
Comment