काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ आज बिहान चीनतर्फ लागेका छन्। शुक्रबार माओवादी केन्द्रका नेता वर्षमान पुन (अनन्त) र पूर्वसभामुखसमेत रहेकी पत्नी ओनसरी घर्तीसहित गुरुङ पनि कार्गो जहाजमार्फत चीन गएका थिए।
पुनको स्वास्थ्य अवस्था सामान्य रहेपनि चीनबाट फर्किनुअघि चिकित्सकले दुई महिनापछि फलोअपमा आउन भनेकाले उपचारका लागि गएको घर्तीले बताइन्। फलोअप उपचारका लागि पुन पत्नीसहित चीन गएका हुन्।
यसअघि कुन्मिङमा इकोनोमिक कोअपरेशन एण्ड कल्चरल एक्सचेन्समा सहभागी हुन एमाले उपाध्यक्ष विष्णु पौडेल पनि चीनतर्फ गएका थिए। उनी अहिले चीनमै छन्।
एमाले र माओवादीका नेताहरूले चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख सोङ ताओसँग द्वीपक्षीय र बहुपक्षीय भेटवार्ता गर्ने बताइएको छ। निर्वाचन नजिकिएका बेला एमाले र माओवादी दुबै पार्टीका नेताहरू चीन जानुलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
निर्वाचनमा एमाले र माओवादीबीच तालमेलका लागि चीनले पहल गर्नसक्ने आशंका पनि छ।
Facebook Comment
Comment