पहिलो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट: पीएनजीविरुद्ध बलिङ गर्दै नेपाल

नेपालभ्युज

पहिलो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट: पीएनजीविरुद्ध बलिङ गर्दै नेपाल

काठमाडौं। पहिलो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पपुवा न्युगिनी (पीएनजी) विरुद्ध नेपालले सुरुआतमा बलिङ रोजेको छ। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको छ। र पाहुना टोली पीएनजीलाई सुरुआतमा ब्याटिङको निम्तो दिएको छ।
सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपाल आज पीएनजीलाई हराउँदै सिरिजमा सुखद सुरुआत गर्न चाहन्छ। पीएनजी पनि नेपाललाई हराएर विजयी सुरुआत गर्न चाहन्छ ।
दुई खेलको एक दिवसीय सिरिज र त्रिदेशीय टी–ट्वान्टी सिरिजका लागि पीएनजी नेपालको भ्रमणमा आएको हो। दोस्रो खेल शनिबार हुनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved