चिनियाँ विदेशमन्त्री वाङ आज नेपाल आउँदै

नेपालमा चीनको महत्वाकांक्षी बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) अन्तर्गतका परियोजनाहरू कार्यान्वयनमा आउन नसकेको अवस्थामा हुन लागेको चिनियाँ विदेशमन्त्रीको भ्रमणलाई महत्त्वका साथ हेरिएको छ।

नेपालभ्युज

चिनियाँ विदेशमन्त्री वाङ आज नेपाल आउँदै

काठमाडौं। चिनियाँ विदेशमन्त्री वाङ यी उनी तीनदिनको औपचारिक भ्रमणका लागि आज (शुक्रबार) नेपाल आउँदै छन्। उनी हाल दक्षिण एसियाली देशको भ्रमणमा छन्। पाकिस्तान तथा अफगानिस्तानको भ्रमण गरेका वाङ भारत हुँदै नेपाल आउन लागेका हुन्।
चिनियाँमन्त्री वाङ दिउँसो साढे तीन बजे नयाँ दिल्लीबाट काठमाडौँ आइपुग्ने तालिका रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए।

वाङको नेपाल बसाइको क्रममा दुई देशबीच भएका पुराना सम्झौता कार्यान्वयनका लागि सहमति गर्ने तयारी रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। नेपालमा चीनको महत्वाकांक्षी बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) अन्तर्गतका परियोजनाहरू कार्यान्वयनमा आउन नसकेको अवस्थामा हुन लागेको चिनियाँ विदेशमन्त्रीको भ्रमणलाई महत्त्वका साथ हेरिएको छ।

वाङको भ्रमण अमेरिकी सहयोग परियोजना एमसीसी सदनबाट अनुमोदन भएपछिको परिवेशमा हुन लागेकाले पनि अर्थपूर्ण ठानिएको हो। वाङले नेपाल बसाइको क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओलीसहितसँग भेटवार्ता गर्ने छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved