एनआरएनएको महाधिवेशनमा राष्ट्रपति र प्रधानमन्त्री सहभागी हुने

गैरआवासीय नेपाली संघ (एनआरएनए) को दशौं अन्तर्राष्ट्रिय सम्मेलन तथा महाधिवेशनमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी हुने भएका छन्।

नेपालभ्युज

एनआरएनएको महाधिवेशनमा राष्ट्रपति र प्रधानमन्त्री सहभागी हुने

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को दशौं अन्तर्राष्ट्रिय सम्मेलन तथा महाधिवेशनमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी हुने भएका छन्। शनिबारदेखि ललितपुर कुपण्डोलस्थित होटेल हिमालयमा हुने सम्मेलनमा सम्मेलन हुनेछ।
सम्मेलनलाई संघका पूर्वअध्यक्ष डा. उपेन्द्र महतो, जीवा लामिछाने, भवन भट्ट लगायतले सम्बोधन गर्ने छन्।

कार्यक्रममा बोल्न पूर्वअध्यक्ष शेष घले र देवमान हिराचनको नाम समेत समावेश गरिएको तर उनीहरूको उपस्थिति भने निश्चित भैसकेको छैन।

घलेले छुट्टै सम्मेलनको आयोजना गरेर एउटा समितिको समेत घोषणा गरेका कारण सम्मेलनमा भाग लिने सम्भावना न्यून रहेको बताइन्छ।

दुई दिनसम्म चल्ने सो सम्मेलनमा संघका महासचिव डा. हेमराज शर्माले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष महेश श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने भएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved