एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट – नेपाल आज पीएनजीविरुद्ध भिड्दै

नेपालले पहिलो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा आज (शुक्रबार) पाहुना टोली पपुवा न्युगिनी पीएनजीविरुद्ध प्रतिस्पर्धा गर्दैछ।

नेपालभ्युज

एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट – नेपाल आज पीएनजीविरुद्ध भिड्दै

काठमाडौं। नेपालले पहिलो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा आज (शुक्रबार) पाहुना टोली पपुवा न्युगिनी पीएनजीविरुद्ध प्रतिस्पर्धा गर्दैछ। घरेलु मैदान टियु क्रिकेट मैदानमा खेल बिहान ९ः३० बजे सुरु हुनेछ ।
सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपाल आज पीएनजीलाई हराउँदै सिरिजमा सुखद सुरुआत गर्न चाहन्छ। पीएनजी पनि नेपाललाई हराएर विजयी सुरुआत गर्न चाहन्छ।
दुई खेलको एक दिवसीय सिरिज र त्रिदेशीय टीट्वान्टी सिरिजका लागि पीएनजी नेपालको भ्रमणमा आएको हो। दोस्रो खेल शनिबार हुनेछ। युएईमा सम्पन्न आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक एक दिवसीय सिरिज खेलेर पीएनजी नेपाल आएको हो।

उक्त सिरिजमा नेपालले दुवै खेलमा पीएनजीलाई हराएको थियो। पहिलो खेलमा नेपालले पीएनजीलाई २ विकेट तथा दोस्रो खेलमा ७ विकेटले हराएको थियो। नेपाली टोलीका मुख्य प्रशिक्षक मुख्य प्रशिक्षक पुबुदु दशानायकेले पीएनजीविरुद्ध युवा खेलाडीलाई मौका दिने बताएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved