इटली लगातार दाेस्रोपटक विश्वकपमा छनोट हुन असफल, पोर्चुगलद्धारा टर्की पराजित

नेपालभ्युज

इटली लगातार दाेस्रोपटक विश्वकपमा छनोट हुन असफल, पोर्चुगलद्धारा टर्की पराजित

एजेन्सी । युरो २०२० को विजेता इटली यस संस्करणमा पनि विश्वकप बाहिरै रहने भएको छ। विश्वकप छनोटको प्ले अफमा उत्तरी मेसिडोनियाले इटलीलाई १–० ले हराएको हो।

चारपटकको विश्व विजेता इटली लगातार दुई संस्करण विश्वकपबाट बाहिरै रहन लागेको हो। यसअघि २०१८ मा रूस विश्वकपमा पनि इटली छनोट हुन सकेको थिए।

ईन्जुरी समयको दोस्रो मिनेटमा अलेक्यान्दूर त्राज्कोभ्स्कीले निर्णायक गोल गर्दै उत्तरी मेसिडोनियालाई विजयी गराएका हुन्। उता टर्कीलाई २–१ ले हराउँदै पोर्चुगलले पनि प्ले अफको फाइनलमा स्थान बनाएको छ।

खेलकै अन्त्यतिर टर्कीले पेनाल्टी प्रहारको मौका पाएको थियो। तर, बराबरी गर्ने राम्रो अवसरलाई बुराक इल्माजले सदुपयोग गर्न सकेनन्। उनले प्रहार गरेको पेनाल्टी बाहिरिएपछि रंगशालामा सन्‍नाटा छाएको थियो।

पोर्चुगल र उत्तरी मेसिडोनियाबीच हु्ने आगामी खेलको विजेता विश्वकपमा छनोट हुनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved