काठमाडौं। नेपाल र भारतको विभिन्न उधमशिल समुहहरू को सह्भागितामा काठमाडौंमा अन्तर्राष्ट्रिय उद्यमशीलताकन्क्लेभ–कनेक्ट (इन) सम्पन्न भएको छ।
भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको ‘आजादीका अमृत महोत्सव’ अन्तर्गत यस कनक्लेभको आयोजना गरिएको हो।
यो कनक्लेभ वर्ष २०२२ को फेब्रुबरीको पहिलो हप्तामा गर्ने तय भएको थियो तर महामारीले निम्त्याएको विषम परिस्थितिका कारण यसलाई मार्चमा सारिएको हो। यस कार्यक्रमको सहआयोजकमा Clockb Business Innovations हो भने अन्य प्रमुख साझेदारहरूमा जीएमआर, टाटा मोटर्स, टाटा मेडिटेक र टुटल समावेश थिए।
भारत र नेपालका इनोभेटर, प्रतिष्ठित व्यक्ति र चिन्तकहरूलाई एकै ठाँउमा ल्याई दुवै देशका नवीन पद्धति र उद्यमशीलतालाई प्रवर्धन गर्न उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो।
भारत र नेपालका उद्यमशील प्रतिभाहरूलाई जोड्ने उद्देश्यबाट प्रेरित यो कन्क्लेभले हाम्रा माझ सैयौं समस्या भएता पनि हामीसँग तिनीहरूलाई समाधान गर्ने क्षमता एवम् खुबी भएका हजारौं वौद्धिक प्रतिभा छन् भन्ने विश्वासलाई साकार तुल्याएको छ।
तीनवटा संस्करणहरूमार्फत कन्सर्ट इनले नेपाल र भारतका युवा उद्यमीहरू, लगानीकर्ताहरू, उद्यम पूँजीपतिहरू र विज्ञहरूलाई विचारदेखि व्यापार मोडलसम्म, समस्या देखि समाधानसम्म र व्यवसायदेखि लगानीसम्मका विविध विषयवस्तुहरूमा एक अर्काका अनुभवहरू साटासाट गर्न र एक आपसमा जोडिन एउटा प्रभावकारी मञ्च प्रदान गरेको छ।
नेपालका लागि भारतीय राजदूत श्री विनय मोहन क्वात्रा तथा माननीय सञ्चार तथा सूचना प्रविधि मन्त्री श्री ज्ञानेन्द्र बहादुर कार्कीले कनेक्ट इनको तेस्रो संस्करणको उद्घाटन गरेका थिए।
भारत र नेपालका स्टार्टअप इकोसिस्टमबीच बढ्दो सम्बन्धलाई थप मजबुत बनाउन यस अघिका दुई संस्करणले हासिल गरेको सफलतालाई निरन्तरता दिँदै यो तेस्रो संस्करणको आयोजना गरिएको हो।
ई–कमर्श, जीवन विज्ञान, फिनटेक, शिक्षा प्रविधि, सामाजिक उद्यमशीलता, खाद्य प्रविधि तथा वित्तीय सेवाहरू जस्ता विविध क्षेत्रहरूमा क्रियाशील भारतका पाँच जनासहित करिब २५ जना उद्यमीहरूले उक्त कनक्लेभमा सहभागिता जनाएका थिए।
कार्यक्रमको दौरानमा भएका छलफल तथा प्रस्तुतिबाट आकांक्षी उद्यमी, व्यवसायी, सञ्चारकर्मी तथा बैंकरहरू समेत गरेर करिब चार सय जना लाभान्वित भए। अझ त्योभन्दा बढी संख्याले सो कार्यक्रम लाइभ स्ट्रिममार्फत हेरेका थिए।
Facebook Comment
Comment