सप्तरी प्रिमियर लिगः उद्घाटन खेलमा खडक वारियर्स विजयी

नेपालभ्युज

सप्तरी प्रिमियर लिगः उद्घाटन खेलमा खडक वारियर्स विजयी

राजविराज। चौंथो संस्करणमा राजविराज मेयर कप सप्तरी प्रिमियर लिग सप्तरीको राजविराजमा शुरु भएको छ।

राज रंगशालामा सम्पन्न प्रतियोगिताको उद्घाटन खेलमा सिद्धान्त लोहनी कप्तानी रहेको डिफेन्डिङ च्याम्पियन बजाज खडक वारियर्सले राजविराज ब्रदर्शलाई ६ विकेटले पराजित गर्‍यो।

राजबिराज ब्रदर्सले दिएको १४० रनको लक्ष्य बजाज खडक वारियर्सले ७ बल बाँकी छंदै ६ विकेट क्षतिमा भेट्टयो। खडक वारियर्सका लागि राहुल मण्डलले सर्वाधिक ६६ रन बनाए त्यस क्रममा ५२ बलमा ९ चौका र १ छक्का प्रहार गरे। यस्तै अरनिको यादवले ५० रन बनाए जुन क्रममा ३५ बलमा ४ चौका र ३ छक्का प्रहार गरे।

राष्ट्रिय क्रिकेटर समेत रहेका कप्तान सिद्धान्त लोहनी खाता नखोली आउट हुँदा २४ रनमा ५ विकेट गुमेको अवस्थामा राहुल र अरनिकोले छैठौं विकेटको लागि ८८ रनको साझेदारी गर्दै जितको आधार तयार गरे।

राजविराज ब्रदर्शका बलर अनुज चुनारा र दीपेश कँडेलले समान दुई विकेट तथा पार्थिव यादवले एक विकेट लिए पनि जित्न पर्याप्त रहेन।

टस जितेर ब्याटिङ गरेको राजविराज ब्रदर्शले २० ओभरमा ८ विकेट क्षतिमा १३९ रन बनायो। उसको लागि ओपनर अमितकुमार यादवले सर्वाधिक ३९ रन, प्रशान्त सिंहले २७ तथा निरज कुमार यादवले २६ रन बनाए। खडक वारियर्सका बलर अरनिको यादव र रोबिन सिंहले समान तिन विकेट लिए।

खेलको प्लेयर अफ द म्याचबजाज खडक वारियर्सका अरनिको यादव घोषित भए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved