भीमफेदीमा सुमो र मोटरसाइकल दुर्घटनाः एक जनाको मृत्यु

नेपालभ्युज

भीमफेदीमा सुमो र मोटरसाइकल दुर्घटनाः एक जनाको मृत्यु
सांकेतिक तस्वीर।

हेटौंडा । त्रिभुवन राजपथअन्तर्गत मकवानपुर भीमफेदीमा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

बिहीबार दिउँसो हेटौंडाबाट भैंसे जाँदै गरेको ना१ज ३४७२ नम्बरको सुमो र विपरीत दिशातर्फ बाट आउँदै गरेको ना४९प २५५६ नम्बरको मोटरसाइकल ठोक्किएका हुन्।

दुर्घटना हुँदा मोटरसाइकल चालक हेटौडा ८ कमाने बस्ने ३१ वर्षीय प्रमोद कुमार रिमालको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते रिमालको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले बताए।

ठक्कर दिने सुमो तथा चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved