काठमाडौं। नेकपा (एमाले) ले स्थानीय तह निर्वाचनमा महानगरपालिका र उपमहानगगरका प्रमुखरउपप्रमुखका उम्मेदवार केन्द्रले नै चयन गर्ने भएको छ। अन्य उम्मेद्वारको नाम भने तल्ला कमिटीबाट चयन गरिने तर केन्द्रले चाहेमा हस्तक्षेप गरी नाम फेर्न सक्ने छ।
काठमाडौंको बबरमहलस्थित कार्की ब्याङ्क्वेट जारी केन्द्रीय कमिटीको दोस्रो दिनको बैठकमा उम्मेदवार सिफारिश र चयनका बारेमा ६ वटा मापदण्ड प्रस्तुत भएको हो।
एमालेले उम्मेदवार बन्नका लागि मापदण्ड बनाइएको छ। जबजको सैद्धान्तिकभित्र अटाएकाले मात्र स्थानीय तहको निर्वाचनमा भाग लिन पाउने जनाउँदै एमालेले सन्तुलन र समावेशी प्रतिनिधित्व हुनेगरी उम्मेदवार सिफारिश गर्न सम्बन्धित कमिटीहरूलाई निर्देशन दिनेबारे छलफल जारी छ।
एमालेबाट स्थाीय तहको उम्मेदवार हुनका लागि पार्टी नीति र कार्यक्रमप्रति प्रतिबद्धता भएको हुनुपर्ने, निर्वाचित प्रतिनिधिहरुको कामको मुल्यांकनको आधार लिनुपर्ने, व्यक्तिगत लोकप्रियता र विजयको सुनिश्चितता देखिनुपर्ने, आन्दोलनमा योगदान र पार्टीप्रतिको निष्ठा कायम राखिरहेको हुनुपर्ने, कार्यक्षमता एवम् सुशासन र विकासप्रतिको दृष्टिकोण भएकाले मात्र उम्मेदवार हुन पाउने मापदण्ड बनाएको हो।
“स्थानीय तहको कमिटी तथा जिल्ला र प्रदेश कमिटीको सिफारिशमा केन्द्रीय कमिटीले महानगरका प्रमुख र उपप्रमुख चयन गरी उम्मेदवार खडा गर्नेछु,” बैठकमा एमाले अध्यक्ष ओलीले बताएको एक केन्द्रीय सदस्यले जानकारी दिए।
एमालेले उपमहानगरपालिका, नगरपालिका, गाउँपालिकाका वडा अध्यक्ष र सदस्यहरुको उम्मेदवार चयनको निर्णय गर्ने अधिकार जिल्ला कमिटीलाई प्रदान गर्ने भएको छ।
Facebook Comment
Comment