एमालेले कतिपय स्थानीय तहमा चुनावी तालमेल गर्ने

नेकपा एमालेले स्थानीय तहमा सकेसम्म एक्लै लड्ने र तालमेलको आवश्यकता परेको खण्डमा गर्न सक्ने विकल्पमा छलफल चलाएको छ।

नेपालभ्युज

एमालेले कतिपय स्थानीय तहमा चुनावी तालमेल गर्ने

काठमाडौं। नेकपा एमालेले स्थानीय तहमा सकेसम्म एक्लै लड्ने र तालमेलको आवश्यकता परेको खण्डमा गर्न सक्ने विकल्पमा छलफल चलाएको छ। काठमाडौंमा जारी केन्द्रीय कमिटी बैठकमा यसबारे छलफल भएको हो।

अध्यक्ष केपी शर्मा ओलीले सकेसम्म एक्लै चुनाव लड्ने र आवश्यकता परेको खण्डमा तालमेल गर्न सकिने विकल्पका बारेमा छलफल शुरु गराएका छन्।

शक्ति सन्तुलनको यथार्थ स्थितिको निरन्तर आंकलन गर्ने उल्लेख गर्दै अध्यक्ष ओलीले ‘मूलतः एक्लै विजय हासिल गर्ने तयारीका साथ अगाडि बढ्ने’मा जोड गरे पनि तालमेललाई भने नकारेका छैनन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved