जोरपाटी–साँखु सडक कालोपत्रे गर्न माग गर्दै सडक बन्द

नेपालभ्युज

जोरपाटी–साँखु सडक कालोपत्रे गर्न माग गर्दै सडक बन्द

काठमाडौं। जोरपाटी–साँखु सडकखण्ड कालोपत्रे गर्न माग गर्दै थलीबासीले बिहानैदेखि सडक बन्द गरेका छन्। थली–साँखु सडक सङ्घर्ष सरोकार समितिका संयोजक मनिष सिंखडाले आफूहरूले सडक कालोपत्रे गर्न दबाब दिइएको बताए।

उनकाअनुसार ०७६ जेठ मा छ महिनाभित्र कालोपत्रे गर्ने सहमति भएको थियो। तर, दुई वर्ष भइसक्दा पनि सडक जस्ताको त्यस्तै भएपछि स्थानीय बासिन्दाले विरोध गरेको उनले बताए।

थलीचोक, मिलनचोक र थली उकालोमा बाँस तेर्साएर स्थानीयले सडक अवरोध गरेको सिंखडाले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved