प्रधानमन्त्री देउवा तनहुँ जाँदै

नेपालभ्युज

प्रधानमन्त्री देउवा तनहुँ जाँदै
फाइल तस्वीर।

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा आज तनहुँ जाँदैछन्। जिल्लामा हुने चार कार्यक्रममा सहभागी हुनलाई देउवा तनहुँ जान लागेका हुन्। बिहान १० बजेपछि प्रधानमन्त्री देउवा तनहुँ आउने सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरेले बताए।

देउवा स्याङ्जाको कार्यक्रममा सहभागी भएर तनहुँ आउने उनले बताए। ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको स्थलगत निरीक्षण गरेपछि देउवा कांग्रेसको पार्टी कार्यालय दमौलीमा हुने छलफल कार्यक्रममा सहभागी हुनेछन्।

प्रधानमन्त्री देउवाले आठौँ तनहुँ महोत्सवको उद्घाटन गर्ने गैरेले जानकारी दिए। आज नै ऋषिङ गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको देउवाले उद्घाटन गर्नेछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved