त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको राडारमा समस्या, उडान प्रभावित

नेपालभ्युज

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको राडारमा समस्या, उडान प्रभावित
फाइल तस्वीर

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चार उपकरणमा समस्या आएपछि विमान उडानमा समस्या आएको छ। जसले गर्दा बिहान ६ बजेदेखि उपकरणमा समस्या देखिएपछि उडानमा केही समय प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ।

विमानस्थल कार्यालयका अनुसार राडारमा समस्या देखिएको थियो। विमानस्थल कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाले अहिले पाँच मिनेटको अन्तरमा उडान गरिएको बताए। अहिले समस्याको समाधान भइसकेको बताए।

उपकरणमा समस्या देखिएपछि विमानस्थल कार्यालयले वैकल्पिक व्यवस्थाका लागि नोटाम जारी गरेको थियो। नोटाम जारी गरे पनि उडान र अवतरणमा खासै प्रभाव पर्न नदिएको उनले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved