अभिनेता पल शाहविरुद्धको मुद्दामा थुनछेक बहस शुरु

नाबालिगलाई जबरजस्ती करणी गरेको अभियोगमा कलाकार पल शाह (पूर्णविक्रम शाह) विरुद्ध जिल्ला अदालतमा दायर मुद्दामा आज पनि थुनछेक बहस जारी रहने छ।

नेपालभ्युज

अभिनेता पल शाहविरुद्धको मुद्दामा थुनछेक बहस शुरु

काठमाडौं। नाबालिगलाई जबरजस्ती करणी गरेको अभियोगमा कलाकार पल शाह (पूर्णविक्रम शाह) विरुद्ध जिल्ला अदालतमा दायर मुद्दामा आज पनि थुनछेक बहस जारी रहने छ। बुधबार थुनछेक बहस शुरु भएको हो । अदालतमा शाहको बयान सकिएपछि थुनछेक बहस शुरु गरिएको हो।

प्रहरीले अनुसन्धान पूरा गरेपछि सरकारी वकिलको कार्यालय तनहुँले अभियोग पत्र दर्ता गरेसँगै मंगलबारै दिउँसो ३ बजेदेखि प्रतिवादी शाहको बयान लिइएको थियो। बुधबार वादीका तर्फबाट ७ कानुन व्यवसायीले बहस गरेको स्रेस्तादार मीनबहादुर कुँवरले जानकारी दिए। कुँवरका अनुसार प्रतिवादीका तर्फबाट अधिवक्ताहरू परशुराम गिरी, भानुभक्त सुवेदी र वरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेले बहस गरेकामा वाग्लेको बहस टुङ्गिएको छैन। उनको बहस बिहीबार पनि जारी रहनेछ ।

सरकारी वकिलको कार्यालय तनहुँले प्रतिवादी शाह र कृष्ण जोशी तथा देख्ने÷सुन्नेमा स–कुमारी, प्रदीप थापा, गङ्गा थापा, जीवन चौलागाईं, दुर्गाबहादुर थापा, कमल खत्री, अर्जुन थापा, क्षेत्रबहादुर थापा, विष्णु थापा, सरोज ओली, योगेश शाह, रञ्जित गुरुङ, दुर्गा अधिकारी, पानबहादुर जिसी, विष्णुप्रसाद अधिकारी र सीता आचार्यको बयान कागज गरी अदालतमा पेस गरेको छ । सरकारी वकिलको कार्यालयले शाहविरुद्ध जबरजस्ती करणी मुद्दामा ११७ वटा प्रमाण पेस गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved