एसबिआई बैङ्कको साइबर आइटी सुरक्षा छलफल

नेपाल एसबिआई बैङ्कले बैङ्किङ क्षेत्रमा साइबरआइटी सुरक्षासम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ।

नेपालभ्युज

एसबिआई बैङ्कको साइबर आइटी सुरक्षा छलफल

काठमाडौं। नेपाल एसबिआई बैङ्कले बैङ्किङ क्षेत्रमा साइबरआइटी सुरक्षासम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ।

कार्यक्रममा भारतीय स्टेट बैङ्कका प्रमुख महाप्रबन्धक तथा समूह प्रमुख सूचना सुरक्षा अधिकारी अनिलकुमार सिंह भण्डारीले हाल भारतीय बैङ्किङ क्षेत्रमा रहेको साइबर आइटी सुरक्षा अवस्थाबारे जानकारी दिए।

सो अवसरमा भारतीय स्टेट बैङ्कका महाप्रबन्धक (आइटी–फोरेन अफिसेस तथा आइटी–टेजरी) नवीनचन्द्र शाह, नेपाल एसबिआई बैङ्कका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार दे, नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलम तथा राष्ट्र बैंक भुक्तानी प्रणाली विभागका उपनिर्देशक सौरभ पोख्रेल, अन्य वाणिज्य बैङ्कका सूचना सुरक्षा अधिकारी तथा आइटी प्रमुख सहभागी थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved