यातायात कार्यालयहरूले आजदेखि सेवा दिने, सर्भरमा विद्युत् प्रणालीको काम शुरु

सर्भरमा विद्युत् आपूर्ति प्रणाली परिवर्तन गर्न कार्यालयको सेवा बन्द रहने सूचना जारी भएको थियो। विभागले अहिले  अनिश्चितकाका लागि यातायातका सेवा बन्द रहेको बताएको छ।

नेपालभ्युज

यातायात कार्यालयहरूले आजदेखि सेवा दिने, सर्भरमा विद्युत् प्रणालीको काम शुरु

काठमाडौं। यातायात कार्यालयहरूले आज (बिहीबार)देखि नियमित सेवा दिने भएका छन्। सर्भरमा विद्युत् आपूर्ति प्रणाली परिवर्तन गर्न कार्यालयको सेवा बन्द रहने सूचना जारी भएको थियो। विभागले अहिले  अनिश्चितकाका लागि यातायातका सेवा बन्द रहेको बताएको छ।

बुधबार नै निकालिएको दोस्रो सूचनामा विभागले आजदेखि नियमित सेवा दिइने बताएको थियो। सर्भरमा विद्युत् प्रणाली परिवर्तन गर्न बुधबार अपराह्न ५ बजेदेखि बिहीबार बिहान ५ बजेसम्म मात्रै समय लिइएको विभागले जनाएको छ।

विभागका प्रवक्ता लोकनाथ भुसालले विभागको सर्भरमा विद्युत् आपूर्ति प्रणाली परिवर्तन गर्नुपर्ने भएकाले मात्रै सर्भर बन्द रहेको र आजदेखि नियमित काम गरिने बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved