एमाले केन्द्रीय सदस्य ठाकुर जसपा प्रवेश

नेपालभ्युज

एमाले केन्द्रीय सदस्य ठाकुर जसपा प्रवेश

काठमाडौं । एमाले केन्द्रीय सदस्य रञ्जु ठाकुर जनता समाजवादी पार्टी नेपाल प्रवेश गरेकी छन्। संविधानसभा सदस्य एवंसमेत रहिसकेकी उनलाई केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले अबिर,माला र गम्छा लगाएर पार्टी प्रवेश गराए।

उनीसँगै राजविराजका उद्योगपति समाजसेवी अरूण प्रधानलगायत नेता तथा कार्यकर्ता एमाले छाडेर जसपा प्रवेश गरेका छन्। पार्टी प्रवेश कार्यक्रममा भौतिक पूर्वाधार तथा यतायातमन्त्रीसमेत रहेकी जसपा नेता रेणु कुमारी यादवलगायतको उपस्थिति थियो।

२०६४ सालको संविधानसभा निर्वाचनमा सप्तरी क्षेत्र नम्बर ३ बाट एमालेको उम्मेदवार बनेर ठाकुर पराजित भएकी थिइन्। संविधानसभामा ठाकुर महिला, बालबालिका, ज्येष्ठ नागरिक समितिका सभापतिसमेत भएकी थिइन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved