आठौं प्रधानमन्त्री कप आमन्त्रण महिला भलिबल प्रतियोगिताको तयारी सकियो

नेपालभ्युज

आठौं प्रधानमन्त्री कप आमन्त्रण महिला भलिबल प्रतियोगिताको तयारी सकियो

नेपालगन्ज। आठौं प्रधानमन्त्री कप आमन्त्रण महिला भलिबल प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको छ। बुधबार नेपालगन्ज रंगशाला स्थित सचिवालयमा आयोजित पत्रकार भेटघाटमा पीएमकपका संस्थापक अध्यक्ष टीएस ठकुरीले सबै तयारी पूरा भएको जानकारी गराए।

नेपाल भलिबल संघको स्वीकृतिमा हुने प्रधानमन्त्री कप चैत १० देखि १४ गतेसम्म नेपालगन्ज रंगशालास्थित कभर्ड हलमा हुँदैछ। विगतका वर्षहरूमा भन्दा यसपटक कोरोना महामारीका कारण केही समय ढिला हुन गएको आयोजकले जनाएको छ।

“प्रधानमन्त्रीकप भलिबल प्रतियोगितालाई नेपालगन्ज (बाँके) को चिनारीको रूपमा विकास गर्ने हाम्रो प्रयास हो।’ मूल आयोजक समिति संयोजक लुम्बिनी प्रदेश सदस्य कृष्णा केसी नमूनाले भनिन्,”दक्षिण एशियाकै नम्बर एक क्लब च्याम्पियनसीपका रूपमा प्रधानमन्त्रीकपलाई स्थापित गराउने हाम्रो लक्ष्य रहेको छ।”

प्रतियोगितामा आयोजकसहित नेपालका शीर्ष चार र भारतका दुई टिमको सहभागिता रहनेछ। लिगकम नकआउट प्रणालीमा सञ्चालनहुने यस प्रतियोगितामा नेपाल पुलिस क्लब, नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, न्यु डायमन्ड एकेडेमी, आयोजक लुम्बिनी युनाइटेड, भारतको छत्तीसगढ स्पोर्ट्स एकेडेमी(महाराष्ट्र) र हरियाना स्पोर्ट्स क्लब रहेका छन्।

पहिलो दिन नेपाल पुलिसविरुद्ध त्रिभुवनआर्मी क्लबले खेल्ने छन् भने अर्को खेल न्यु डायमन्ड एकेडेमीविरुद्ध आयोजक टिम लुम्बिनी युनाइटेड हुनेछ। नेपाली भलिबलको सर्वाधिक धनराशिको पुरस्कार रहेको प्रतियोगिताको विजेताले ५ लाख, उपविजेताले २ लाख ५० हजार, तेस्रो टिमले एक लाख र चौथो हुने टोलीले ५० हजार नगद, पदक र प्रमाणपत्र प्राप्त गर्नेछन्। एपीएफ डिफेण्डिङ च्याम्पियन टिम हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved