अनौठो चोर, जसले खतरा लेखिएको प्रेसर कुकरमा चोरीको गरगहना फिर्ता गरे

कैलालीमा खतरा लेखेर सडकमा छाडिएको प्रेसर कुकरभित्र सुनका गरगहना फेला परेका छ। मंगलबार बिहान गोदावरी नगरपालिका–१ बनखेतस्थित नवीन साहुको घरअगाडि भेटिएको प्रेसर कुकरभित्र सुनमा चार तोलाका गहना फेला परेका हुन्।

नेपालभ्युज

अनौठो चोर, जसले खतरा लेखिएको प्रेसर कुकरमा चोरीको गरगहना फिर्ता गरे

काठमाडौं। कैलालीमा खतरा लेखेर सडकमा छाडिएको प्रेसर कुकरभित्र सुनका गरगहना फेला परेका छ। मंगलबार गोदावरी नगरपालिका–१ बनखेतस्थित नवीन साहुको घरअगाडि भेटिएको प्रेसर कुकरभित्र सुनमा चार तोलाका गहना फेला परेका हुन्।

सूचना पाएपछि प्रहरी टोली र सेनाको बम डिस्पोजल टोली पुगेको थियो। डिस्पोजल टोलीले कुकर डिस्पोज गर्दा सुनका गरगहना फेला परेको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक नवराज पोखरेलले बताए।

गहनासँगै फेला परेको कागजमा नवीन साहुलाई घमन्ड नगर्न र सबैसँग मिलेर बस्न सुझाव लेखिएको छ। नवीन साहु तिनै व्यक्ति थिए जसले आफ्नो घरको गहना चोरी भयो भनेर प्रहरीमा निवेदन दिएका थिए। झुम्का, औँठी, हार, तिलहरीलगायत ८ तोलाभन्दा बढी सुनका गरगहना चोरी भएको निवेदनमा उल्लेख छ। तर कुकरमा भने चार तोला सुन मात्रै देखिएको प्रहरीले बताएको छ।

नवीन साहुको उजुरीका आधारमा शङ्कास्पद व्यक्तिसँग प्रहरीले सोधपुछ गरेको थियो। सोही क्रममा गरगहनासहितको कुकर भेटिएको हो। नवीन साहुकोबाट गहना चोर्नेलेनै सुन फिर्ता गर्न कुकरमा खतरा लेखेर ल्याएको हुनसक्ने प्रहरीको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक नवराज पोखरेलले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved