लेटाङ घटना- तीन दिनदेखि लगाइएको कर्फ्यु केही खुकुलो

तीन दिनदेखि तनावपूर्ण वातावरणपछि मोरङको लेटाङमा कर्फ्यु खुकुलो बनाइएको छ। प्रशासनले लगाएको कर्फ्यु आज (बुधबार)देखि केही खुकुलो बनाइएको हो।

नेपालभ्युज

लेटाङ घटना- तीन दिनदेखि लगाइएको  कर्फ्यु केही खुकुलो

काठमाडौं। तीन दिनदेखि तनावपूर्ण वातावरणपछि मोरङको लेटाङमा कर्फ्यु खुकुलो बनाइएको छ। प्रशासनले लगाएको कर्फ्यु आज (बुधबार)देखि केही खुकुलो बनाइएको हो। जिल्ला सुरक्षा समितिले लेटाङको अवस्था सामान्य बन्दै गएकाले कर्फ्युलाई खुकुलो बनाउँदै लैजाने निर्णय गरेको हो।
हिजोको बैठकले अर्को आदेश नआएसम्मका लागि बिहान ६ बजेदेखि १० बजेसम्म खुला गरेर १० बजेदेखि दिउँसो ४ बजेसम्म कर्फ्यु लगाउने निर्णय गरेको थियो। ४ बजेदेखि बेलुका ६ बजेसम्म खुलाएर फेरि भोलि बिहान ६ बजेसम्म कर्फ्यु लगाउने निर्णय गरेको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए।
लेटाङ–५ खेरुवाका शिक्षकले छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपपछि उत्पन्न विवादमा आइतबार स्थानीय बासिन्दा र प्रहरीबीच झडप हुँदा प्रहरी जवान उर्मिला श्रेष्ठको ज्यान गएपछि लेटाङमा कफ्र्यू लगाइएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved