काठमाडौँ। ठमेलस्थित ‘एलओडी’ क्लब ‘डिजे म्याग टप १००’ को नोमिनेसनमा परेको छ।
युकेस्थित डिजे म्यागले छनौट गर्ने सन् २०२२ को क्लब क्याम्पियनमा एलओडी परेको हो। म्यागमा विश्वरका सय उत्कृष्ट डिजे क्लब रहने गर्छन्। डिजे म्यागले हरेक वर्ष विभिन्न मुलुकमा रहेका उत्कृष्ट क्लबहरूको छनौट गर्ने गर्छ।
टप १०० क्लबको सूचीमा पर्न एलओडीले भोट गर्न अपिल गरेको छ। माथि देखिएको फोटोलाई स्कयान गरेर भोट गर्न सकिने एलओडीले जनाएको छ। एलओडीका अनुसार डिजे म्यागको वेभ साइटमा जानुपर्छ। त्यसपश्चात बेलायतको झण्डामा क्लिक गर्नुपर्छ।
मत गर्नका लागि पुनः फेसबुक वा गुगलको अप्सन आउँछ। डिजे म्यागको १०० क्लब आएपछि तल पट्टिको भागमा ‘इट्स कुल लेट्स गो’ मा क्लिक गर्नुपर्छ। प्रयोगकर्ताले फेरि आफ्नो देशको नाम, शहर साथै नामसहित सबै उल्लेख गर्ने अप्सन प्राप्त गर्छन्। अन्त्यमा पुनः अर्को अप्सनमा क्लबको सबै चरणमा एलओडीको क्लब लेख्दै काठमाडौँ शहरको नाम उल्लेख गर्नुपर्नेछ।
एलओडी डिजे म्याग टप १०० को छनौटका लागि नोमिनेशनमा पर्दा राष्ट्र सँगसँगै जोडिने भएकाले गर्वको अनुभूति भइरहेको क्लबका निर्देशक रवीन श्रेष्ठले बताए। छनोटमा सय क्लबको छनोटमा पर्न सफल भएमा क्लब व्यवसायीहरूले पनि राष्ट्रको नाम चिनाउन सक्ने रहेछन् भनेर प्रमाणित गर्न सकिने उनको भनाइ छ।
“एलओडी क्लब डिजे म्यागको टप १०० मा पर्नु भनेको नेपालको पनि शान हो,” श्रेष्ठ भन्छन्,” टप १०० मा एलओडीको मात्र नाम पर्दैन सँगसँगै नेपालको नाम पनि जोडिएर जान्छ।” सय वटा क्लबमा एलओडी पर्दा विश्वले नेपालको नाम थाहा पाउन सक्ने उनको भनाइ छ।
विश्वको सय उत्कृष्ट क्लबमा पार्न सबै जनाको साथ आवश्यक रहेको उनले प्रस्ट पारे। श्रेष्ठले रात्रिकालीन जीवनका पारखीहरू तथा विदेशी पर्यटकहरूलाई यस क्लबले झनै आकर्षण गर्न सक्ने बताए।मनोरञ्जन गर्न आउने पर्यटकको संख्या बढ्दा पर्यटन उद्योग फस्टाउने उनको दाबी छ। टप १०० मा क्लब पर्न सकेमा क्लब हेर्न स्वदेशी तथा विदेशीहरू आउन सक्ने छन्।
डिजेइङ क्षेत्रमा लाग्नेहरूका लागि खुशी खबर रहेको उनको भनाइ छ। व्यावसायिक रुपमा डिजेइङमा लाग्दा विश्वभर चिनिने अवसर पाउने अवसर रहेको उनले दाबी गरे।
Facebook Comment
Comment