विराटनगरमा भारतको सहयोगमा निर्मित गुरुकुल उद्घाटन

नेपालभ्युज

विराटनगरमा भारतको सहयोगमा निर्मित गुरुकुल उद्घाटन

विराटनगर। भारत सरकारको आर्थिक अनुदान र विराटनगर महानगरपालिकाको सहयोगमा निर्मित आरोहण गुरुकुलको नाट्यशाला भवन उद्घाटन गरिएको छ।
भिजुअल

मंगलबार विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली र भारतीय राजदुतावासका द्वितीय सचिव प्रशान्त कुमार सोनाले संयुक्त रुपमा नवनिर्मित नाट्यशाला भवनको उद्घाटन गरेका हुन्। कुल १२ कठ्ठा क्षेत्रफलमा निर्र्माण सम्पन्न भएको उक्त नाट्यशाला भवन कुल ४०० जना अटाउन सक्ने क्षमताको छ।

२०१७ मै निर्माण सुरु भएको उक्त भवन भारत सरकारको कुल ३ करोड ५१ लाखको आर्थिक अनुदानमा सम्पन्न भएको हो। मङ्गलबार भवनको उद्घाटन समारोहमा बोल्दै विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले नेपाल–भारत बिचको पौराणिक कालदेखिको सम्बन्धलाई जीवन्त बनाईराख्न नवनिर्मित नाट्यशाला भवनले महत्वपुर्ण भूमिका निर्वाह गर्ने बताए।

निर्माण सम्पन्न भएको नाट्यशालाको निर्माण कार्य २०७४ साल फागुनदेखि शुरु भएको थियो। विराटनगरको खुश्बु निर्माण सेवाले नाट्यशाला भवन निर्माणको ठेक्का लिएको थियो। महानगरले नाटक घर निर्माणका लागि ३ करोड ५५ लाख ६१ हजार ९ सय ८८ रुपैयाँको लागत अनुमानसहित बोलपत्र आह्वान गर्दा खुश्बु निर्माण सेवाले शून्य दशमलव २३ प्रतिशत कम कबोल अंकमा योजनाको निर्माण सम्झौता गरेको थियो।

साहित्य, कला, संस्कृतिको केन्द्र मानिएको विराटनगरमा नाटक घरको अभावमा राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरको नाटक महोत्सवमा समस्या हुँदै आएको थियो। तर, अब भारत सरकारको आर्थिक अनुदानमा नयाँ भवनको निर्माण सम्पन्न भइसकेपछि त्यो समस्या पनि समाधान भएको आरोहण गुरुकुलका अध्यक्ष भैरव क्षत्रीले बताए।

आरोहण गुरुकुल यसअघि भने २४२ जना अट्नसक्ने क्षमताको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved