१० महीनामा कर्णालीका ६ सांसदले पद गुमाए

पद गुमाएका ६ जना सांसद प्रत्यक्ष निर्वाचित हुन्। एमालेका प्रकाश ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढा, माओवादी केन्द्रका धर्मराज रेग्मी र डम्बरबहादुर विष्टले एक पार्टीबाट अर्कोमा गएकै कारण पद गुमाएका हुन्।

नेपालभ्युज

१० महीनामा कर्णालीका ६ सांसदले पद गुमाए

सुर्खेत। कर्णाली प्रदेशसभाका ६ सांसदले पद गुमाएका छन्। कर्णाली प्रदेशसभाका नेकपा (एमाले) का ४ जना र नेकपा (माओवादी) का २ जना सांसदहरूले पार्टी परित्याग गरेकै कारण पद गुमाएका हुन्।

पद गुमाएका ६ जना सांसद प्रत्यक्ष निर्वाचित हुन्। एमालेका प्रकाश ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढा, माओवादी केन्द्रका धर्मराज रेग्मी र डम्बरबहादुर विष्टले एक पार्टीबाट अर्कोमा गएकै कारण पद गुमाएका हुन्।

ज्वाला सल्यान प्रदेशसभा ‘ख’, थापा दैलेख निर्वाचन क्षेत्र नं.१‘ख’, शाही कालिकोट प्रदेशसभा ‘क’ र बुढा डोल्पा प्रदेशसभा ‘क’ बाट निर्वाचित भएका थिए। पद गुमाउने माओवादीका सांसद रेग्मी दैलेख निर्वाचन क्षेत्र नम्बर १ ‘क’ र विष्ट सुर्खेत क्षेत्र नम्वर–१ ‘क’ बाट विजयी भएका थिए।

एमालेका सांसद ज्वाला, थापा, शाही र बुढाले पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध ३ वैशाखमा अविश्वास प्रस्ताव पेश गर्दा फ्लोरक्रस गरेर पार्टी हितविपरीत काम गरेका कारणले पार्टीबाट निष्काशन तथा सांसद पद खोसिएको थियो। उनीहरूमध्ये ज्वालाबाहेक थापा, शाही र बुढा सांसदबिनै ६ महीनामा कर्णालीका मन्त्रीसमेत बनेका थिए।

उनीहरूलाई पार्टी हितविपरीत काम गरेको भन्दै एमाले सांसद पद खारेज गर्नुका साथै पार्टीबाट निष्काशन गरेको थियो। उनीहरू अहिले एकीकृत समाजवादीसँग आबद्ध रहेका छन्।

माओवादीका सांसद धर्मराज रेग्मीले तत्कालीन नेकपा विभाजन हुँदा एमालेमा प्रवेश गरेका कारणले माओवादीले सांसद पदबाट मुक्त गरेको थियो भने, विष्टले पार्टीको कार्यशैली चित्त नबुझिएको भन्दै २७ फागुनमा राजीनामा दिएर ५ चैतमा एमाले प्रवेश गरेका छन्।

सत्तालिप्सा र अवसरवादका कारणले नेपाली राजनीति बदनाम हुँदै गएको र सांसदहरूले फ्लोरक्रस गर्नु, राजीनामा दिनु जनमतको अपमान भएको मध्यपश्चिम विश्वविद्यालयका पूर्वडिन पीताम्बर ढकालले बताए। ‘जनतासँग बाचा गएर आएका जनप्रतिनिधिले बीचमै पद छोड्नु जनमतको अवज्ञा हो,” उनले भने, “यसरी अवसरवादमा राजनीतिज्ञहरू जान थाले भने न राजनीतिक दलप्रति जनताको विश्वास रहन्छ। न उनीहरू नागरिकप्रति जिम्मेवार रहन्छन्। यो एउटा राजनीतिक विकृति हो।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved