काठमाडौं । परराष्ट्रमन्त्री नारायण खड्का र नेपालका लागि श्रीलंकाकी राजदूत हिमाली अरुनातिलकाबीच भेटवार्ता मंगलबार भएको छ। ३० मार्चबाट शुरू हुने बिम्स्टेक सम्मेलनको तयारीका विषयमा मन्त्री खड्कासँग अरूनातिलकाले छलपल गरेकी हुन्।
श्रीलंकाले भर्चअल्ली रूपमा यस वर्षको बिम्स्टेक आयोजना गर्दैछ । बैठकमा नेपालका प्रधानमन्त्री शेरबहादुर देउवासहित श्रीलंका, भारत, बंगलादेश, भूटानलगायत देशका नेताहरूले सम्बोधन गर्दैछन्।
बिम्स्टेकको मन्त्रीस्तरीय बैठकमा परराष्ट्रमन्त्री नारायण खड्का र सचिवस्तरीय बैठकमा परराष्ट्र सचिव भरतराज पौडेलले नेपालको प्रतिनिधित्व गर्नेछन्।
बंगालको खाडीसँग जोडिएका बंगलादेश, भूटान, भारत, म्यान्मार, नेपाल, श्रीलंका र थाइल्यान्ड बिम्स्टेकका सदस्य राष्ट्र हुन्। यस क्षेत्रका राष्ट्रबीच आर्थिक तथा बहुपक्षीय प्राविधिक सहकार्यका लागि बिम्स्टेक गठन भएको हो।
Facebook Comment
Comment